राजनीति

एमाले अखिलले त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनायो

१५ फागुन, काठमाडौँ । आगामी ५ चैतमा  हुने स्ववियु निर्वाचनमा नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छ।

आज भएको एक कार्यक्रमकोबिच अनेरास्ववियुले सिद्धान्त भट्टलाई उम्मेदवारको रूपमा अगाडी सारेको हो।  

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल लगायतका नेताको उपस्थितिमा भट्टको उम्मेदवारी घोषणा गरिएको हो । भट्ट हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव हुन् ।

उनी गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्र डा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेर चर्चामा आएका थिए ।