१५ फागुन, याङ्गुन । म्यानमाले बुधबार ‘सरकारी सञ्चारमा निपुणता’ सम्बन्धी कार्यशाला सुरु गरेको छ ।
पहिलो दिनको छलफलमा सरकारी प्रवक्ताहरूको सीप र चुनौती, आ–आफ्नो देशमा उनीहरूको भूमिका, मिडिया परिदृश्य र फेक न्यूजसँग लड्ने तरिकाहरू समावेश गरिएको थियो ।
प्रतिवेदनका अनुसार सहभागीहरूले सार्वजनिक सञ्चार तथा अनुसन्धान, अडियो सम्पादन, सञ्चारमाध्यम सम्बन्ध, अन्तर्वार्ता, गोप्य सूचना ह्यान्डलिङ र व्यावहारिक अभ्यासमार्फत जटिल विषयहरूलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने जस्ता विषयमा पनि छलफल गरेका थिए ।
म्यानमाका सूचना मन्त्रालय अन्तर्गतको मिडिया विकास विभागले आसियान सूचना उपसमिति परियोजनाअन्तर्गत आसियान सांस्कृतिक कोषको सहयोगमा कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रमको उद्देश्य आसियान क्षेत्रका सरकारी प्रवक्ताहरूको मिडिया र सरकारी अधिकारीहरूसँग प्रभावकारी रूपमा सञ्चार गर्न, मुख्य सन्देश फैलाउने, सरकार र जनताबीच विश्वास निर्माण गर्ने र सङ्कटसँग जुध्न सीप र ज्ञानको आदानप्रदान गर्ने हो ।
कार्यशालामा म्यानमा प्रेस काउन्सिलका अधिकारी, प्रशिक्षक, कम्बोडिया, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, म्यानमार, लाओस र इन्डोनेसियालगायत आसियान देशका प्रतिनिधि र आसियानका महासचिवको सहभागिता रहेको थियो ।
प्रतिवेदनमा जापानका प्रतिनिधिहरू पर्यवेक्षकको रूपमा सामेल थिए ।
तीन दिने कार्यशाला शुक्रबारसम्म चल्नेछ ।