सामाजिक सञ्जाल

मलाई कारबाही गरेपछि रास्वपा ऋणै ऋणमा डुब्योः मुकुल ढकाल

१५ फागुन, काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालले आफू पार्टीमा रहँदा देशको सबैभन्दा राम्रो पार्टी बनाएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आर्थिक अनुशासनको हिसावले १ नम्बर पार्टी रहेको दाबी गर्दै अहिले भने रास्वपामा ऋण नै ऋण रहेको बताएका छन् ।
उनले रास्वपाले आफुलाई कारबाही गरेपछि ऋणै ऋणमा डुबेको बताएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारस् ठगीको आरोपमा थुनामा बस्ने निस्किने गरिरहेको अवस्था छ, उनलाई बिभिन्न अदालतहरुले दुई करोडको हाराहारीमा धरौटीसमेत लिएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेको जस्ताको तस्तैः
रास्वपामा प्रति पार्टी सदस्य ऋण ४० हजार पुगेछ ।
नेपालमा प्रति नेपाली ऋण ८८ हजार पुगेछ ।
यस हिसाबमा रास्वपा सदस्य रहेको नेपालीको हकमा, प्रति व्यक्ति ऋण एक हजार २८ हजार पुगेछ ।
(नोटः पार्टी सञ्चालकको भुमिका मैले निभाउँदासम्म, ७ वटै प्रदेश र केन्द्रको अडिट रिपोर्ट समयमा नै बुझाएका थियौँ र आर्थिक अनुशासनमा देशको १ नं पार्टी थियौँ । अहिले के भयो, आफैँ खोज्नु, जान्नु । अडिट रिपोर्टहरू खोज्दा भेटिन्छन् ।)