राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै 

१६ फागुन, काठमाडौं । सरकार सन्चालनको लागी बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्ने गरी संयन्त्रको बैठक बोलाइएका हुन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने भनिएको छ। 

तर, प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीले बैठक बोलाए पनि कार्य व्यस्तताको कारण आजको बैठकमा प्रधानमन्त्री आफैँ भने सहभागी नहुने जनाएको छ।