अन्तर्राष्ट्रिय

उत्तराखण्डका मुख्यमन्त्री धामीद्वारा हिम पहिरोमा परी घाइते भएका श्रमिकसँग सोधपुछ

१७ फागुन, उत्तराखण्ड । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार माना हिमपहिरोबाट उद्धार गरिएका घाइतेलाई भेटी घटनाबारे जानकारी लिएका छन।

घाइतेसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “सरकारले उद्धारकका लागि सेना तथा अन्य सुरक्षाकर्मीसहितको विशेषज्ञ टोलीलाई पठाइ अझै सम्पर्कमा आउन नसकेका आठ जनाको खोजी कार्य जारी राखेका छ।”

मुख्यमन्त्री धामीले एएनआईसँग भने, “बाक्लो हिमपातका कारण सो क्षेत्र जोड्ने सबै सडक अवरुद्ध भएका छन् । अझै फसेका सबैलाई जतिसक्दो चाँडो उद्धार गर्ने प्रयास गरिरहेका छौं । आज उद्धार गरिएका १४ जना कामदार सबै सकुशल छन् र उनीहरूलाई जोशीमठमा ल्याइँदैछ।”

घाइते कामदारलाई सैनिक अस्पतालमा उपचारका लागि जोशीमठ लगिएको हो ।

मुख्यमन्त्री धामीले सेनाका जवान र अधिकारीसँग पनि भेट गरी उद्धार र राहतकार्यबारे जानकारी लिएका छन् ।

शनिबार बिहानसम्म हिउँमा फसेका ५५ जनामध्ये ४७ जना श्रमिकको उद्धार गरिएको छ भने अन्य आठ जनाको उद्धारका लागि उद्धार तथा राहत कार्य जारी छ ।

जिल्ला अधिकारी सन्दिप तिवारीका अनुसार माना गाउ नजिकै हिमपहिरोमा फसेका आठ जनालाई बचाउन सेनाका चार वटा हेलिकप्टर परिचालन गरिएको छ ।