१९ फागुन, काठमाडौँ । नेपाली काँग्रेसले देशभरका आफ्ना सङ्घीय एवम् प्रदेश सभाका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम भैरहवामा राखेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाm वरिष्ठ नेता डा शेखर कोइराला, उपसभापति पूर्ण बहादुर खड्कालगायतको उपस्थितिमा सम्पन्न हुन गइरहेको महत्त्वपूर्ण कार्यक्रममा काँग्रेसका अन्य पदाधिकारी–पूर्व पदाधिकारीहरू, केन्द्रीय समिति सदस्य एवम् पूर्व केन्द्रीय समिति सदस्यहरूलगायतको उपस्थितिसमेत रहने रुपन्देही क्षेत्र नम्बर १ का क्षत्रिय सभापति हिरा खत्रीले जानकारी दिएका छन् ।
कार्यक्रम नेपाली काँग्रेसको केन्द्रीय नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान विभागले गरेको हो ।
अधिकांश विशिष्ट व्यक्तिहरू कार्यक्रममा आइसकेका र आउने क्रम जारी रहेको बताइएको छ ।