खेलकुद

केपी ओली कप फुटबल : आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै

१९ फागुन, काठमाडौँ । तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल साविक विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच भइरहेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा सहभागी भएका छन्।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित छन् । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।