राजनीति

प्रचण्ड भन्छन् : ‘तथाकथित दुई तिहाइको अहङ्कार गर्ने सरकारले सामान्य अवस्थामा अध्यादेश ल्याउनु अलोकतान्त्रिक कुरा हो’

२० फागुन, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तथाकथित दुई तिहाइको अहङ्कार गर्ने सरकारले सामान्य अवस्थामा ल्याएको अध्यादेश ल्याउनु नै गलत भएको टिप्पणी गरेका छन्  ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज बिहान नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सामान्य अवस्थामा अध्यादेश ल्याउनु लोकतान्त्रिक हुन नसक्ने बताएका हुन् ।

‘अध्यादेश ल्याउने कुरा नै अलोकतान्त्रिक कुरा हो । तथाकथित दुई तिहाइको अहङ्कार गर्ने सरकारले सदन आउँदै गर्दा अध्यादेश ल्याउनु नै गलत भएको छ’, दाहालले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष दाहालले. सरकारले संसद् अधिवेशन सुरु हुनु भन्दा केही दिन अगाडि मात्रै विभिन्न अध्यादेश जारी गरेको थियो । सङ्घीय संसद्को चालु अधिवेशन गत माघ १८ गते सुरु भएको हो । अधिवेशन नरहेका बेला सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा पेस भइसकेका छन् । तर, दुवै सदनबाट अध्यादेश स्वीकृत हुन बाँकी छ ।

भूमि सम्बन्धी अध्यादेश बाहेक ५ वटै अध्यादेश अगाडी बढाउने बारे सहमति बनिसकेको कुरा सार्वजनिक भैसकेका छन् । भोली बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने बताएको छ ।