२० फागुन, काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजबारे विगतमा ‘टिकट काट्न’ भनेको र अहिले के भइरहेको छ भनेर चासो राखेका छन्।
मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बोल्दै उनले सञ्चालनमा रहेका पानी जहाजबारे जिज्ञासा राखेका हुन् ।
उनले पानीजहाजको बारे पानी जहाज कार्यालयका अधिकारीहरूसँग जवाफ समेत माग गरेका छन्।
‘छलफलमा भाग लिँदै उनले प्रश्न गरे, ‘मनोरञ्जनको रूपमा, पर्यटनको रूपमा अर्का कुरा । यातायातकै रूपमा कति जहाज नेपालमा चल्छन् ?’उनले जिज्ञासा राखेका हुन्।
छलफलका क्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजबारे ‘टिकट काट्न’ भनेको स्मरण गर्दै भने, ‘संविधान जारी भएपछि नै तत्कालीन प्रधानमन्त्रीले पानी जहाजको टिकट काट्ने भन्नुभएको थियो । त्यो बेला काटेको टिकटको भ्यालिडिटी बाँकी छ कि छैन ?,’
समितिमा पानी जहाज एन संशोधन विधेयकमाथि छलफल चलिरहेको छ । यो विधेयक भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । २४ माघ २०८१ मा सभामा प्रस्तुत भएको थियो । २७ माघमा सामान्य छलफल भएको यस
विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा आएको हो ।