राजनीति

भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई एमालेको ह्विप

२० फागुन, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले संसद्मा पेस गरेको ५ वटा अध्यादेश पारित गर्नका लागेका कारण सबै  सांसदहरूलाई बैठकमा सहभागी हुन निर्देशन जारी गरेको हो। सरकारले भूमि सम्बन्धी बाहेकका अध्यादेश भोलि संसदमा पेस गर्दै छ ।

त्यस्तै, नेपाली काँग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिसकेको छ।