राजनीति

रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक संसद् भवनमा जारी 

२१ फागुन,काठमाडौँ । सरकारले आज बस्ने प्रतिनिधि सभाको बैठकमा ५ वटा अध्यादेश पेस गर्ने भएपछि संसद् बैठकअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन्। सरकारले अध्यादेश स्वीकृतिका लागि संसद्मा पेस गर्न लागेको अध्यादेशको बारेका रणनीति बनाउन विपक्षी दलको बैठक बसेको हो। 

बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएका हुन्।  बैठक संसद् भवनको एक हलमा बसिरहेको छ। 

सरकारले आज पाँच वटा अध्यादेश प्रतिनिधिसभामा स्वीकृतिका लागि पेस गर्दै छ।  

-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१

– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ 

– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१