२२ फागुन, काठमाडौँ । बुधवार अपराह्न बसेको मन्त्री परिषद् बैठकले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीमन्त्री दीपक खड्काले तपाईँलाई किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधिसकेको अवस्थामा बुधबारको मन्त्रीपरिषद्ले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
आफूले ९८.९९ नम्बर दिएका घिसिङको मन्त्रालयले शून्य नम्बर दिएको थियो । मन्त्रालयले स्पष्टीकरण सोधे पनि कार्यकारी निर्देशक घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयको जवाफ नभएको भन्दै मन्त्रालयविरुद्ध खनिँदै आएका थिए ।
कार्यसम्पादन मन्त्रालयमा नबुझाएका कारण शून्य नम्बर दिएको ऊर्जा मन्त्रालयले दाबी गरेको अवस्था थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिले देखी नै कुलमान घिसिङ सँग राम्रो सम्बन्ध थिएन भने उर्जामन्त्रालय दीपक खड्काले सम्हालेपछि मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङको दैनिक लफडा चलिरहेको अवस्था थियो ।
कुलमानलाई मन्त्रीपरिषद् बैठकले नै स्पष्टीकरण सोध्ने निर्णय गर्नु उनीमाथि निलम्बन हुने सङ्केत देखिएको छ ।