राजनीति

गुनासा र असन्तुष्टि होलान् तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन : महासचिव पोखरेल 

२३ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले गुनासा असन्तुष्टि भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका हुन्। 

केही दिन अघि मात्रै राजतन्त्र पक्षधर राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजतन्त्र फर्काउने भन्दै काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेको थियो। 

सोही र्‍यालीलाई लक्षित गर्दै महासचिव पोखरेलले नेपाली जनताले राजतन्त्रको अढाई सय वर्ष  तिनका कर्म भोगेको भन्दै अब राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफाल्न सबैमा आग्रह समेत गरेका छन्। 

उनले लेखेका छन् ,”गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।”