२३ फागुन, कोलम्बो । श्रीलङ्काको जलसेनाले बिहीबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा बिहीबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।
नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ ।
पक्राउ परेका डुङ्गा र मछुवालाई मन्नारमा ल्याएर थप कानुनी कारबाहीका लागि मन्नारको मत्स्य निरीक्षण कार्यालयमा बुझाइएको जलसेनाले जनाएको छ ।
यी पछिल्ला पक्राउहरूसँगै नौसेनाले सन् २०२५ सम्म श्रीलङ्काको जलक्षेत्रमा अवैध माछा मार्ने १४५ भारतीय मछुवा कुल १९ भारतीय माछा मार्ने डुङ्गाहरू नियन्त्रणमा लिएको छ ।
नौसेनाले स्थानीय माझीहरूको जीविकोपार्जनमा पर्ने असरको चिन्ता व्यक्त गर्दै विदेशी जहाजहरूद्वारा अवैध माछा मार्ने कार्य रोक्न श्रीलङ्काको पानीमा नियमित गस्ती र अपरेसनहरू जारी राख्ने कुरा दोहो¥याएको छ ।
श्रीलङ्काली नौसेनाले भारतीय मछुवाको गिरफ्तारी तमिलनाडु सरकार र भाजपा नेतृत्वको केन्द्र सरकार दुवैका लागि चिन्ताको विषय बनेको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यस विषयमा विदेशमन्त्री जयशङ्करलाई पटक–पटक पत्र लेखेका छन् ।
सीएम स्टालिनले माछा मार्नेहरूलाई हिरासतमा लिनु र उनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर सङ्कट र अनिश्चितता सिर्जना गरेको बताए।
“हाम्रा माछा मार्नेहरूलाई थुनामा राख्ने र तिनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर पीडा र अनिश्चितता निम्त्याएको छ । मैले बारम्बार दोहो¥याएको छु कि कूटनीतिक तवरले यो समस्या समाधान गर्न ठोस र सक्रिय कदम चाल्नु पर्छ,” उनले बताए ।
उनको पत्रको जवाफ दिँदै जयशङ्करले यस मुद्दामा सक्रिय कारबाही गर्ने आश्वासन दिएको छन् । कोलम्बोमा रहेको भारतीय उच्चायोग र जाफनास्थित महावाणिज्य दूतावासले हिरासतमा रहेका व्यक्तिहरूको चाँडो रिहाइका लागि ती मुद्दाहरू द्रुत र निरन्तर रूपमा उठाइरहेका छन् ।