सामाजिक सञ्जाल

अब जनताले १७ हजार मार्ने–मराउने, देश लुट्नेहरुलाई कारवाही गर्छन्ः अध्यक्ष थापा

१४ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, देश लुट्नेहरुलाई कारवाही गर्छन् भन्ने दाबी गरेका छन् ।
उनले ट्वीट गर्दै १८ वर्ष देशलाई लुट्नु भयो।अहिले जनताले राजा खोजिरहेका छन् भन्ने दाबी गरिरहेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘‘गणतन्त्रको वकालत गर्नुहोस् ठिक छ। तर, राजालाई दया गरेर कारवाही नगरेको गफ नदिनुस्। जनता साक्षी छन्। ६३ को आन्दोलन सम्झौतामा टुङ्गिएको हो। १८ वर्ष देशलाई लुट्नु भयो।अहिले जनताले राजा खोजिरहेका छन्।
कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, देश लुट्नेहरुलाई कारवाही गर्छन् ।’’