२५ फागुन, काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता सुरेश आलेमगरले राजतन्त्रको नाममा भइराखेको गतिविधि तत्काल नियन्त्रण गर्न सरकार सँग माग गरेका छन् ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै यस्ता गतिविधि नियन्त्रणको माग गरेका हुन्।
‘प्रतिगामी तत्त्वहरू सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौँ । तर, त्यसका भूतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दै छन्’ सांसद मगरले भने ।
राष्ट्रिय सभाको बैठकमा माओवाद केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपालका सांसदहरूले पूर्वराजाको गतिविधिलाई लिएर आलोचना गरेका छन् ।