राजनीति

हेटौँडामा राप्रपा निकट युवा सङ्गठनका सचिवले जलाए  प्रचण्डको तस्बिर

 २ चैत, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहको विरुद्ध अभिव्यक्ति दिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाएको छ ।

आज हेटौँडामा आयोजित युवा सङ्गठनको जिल्ला अधिवेशनको क्रममा सङ्गठनका सदस्य सचिव नीराजन बम पताँलाले  दाहालको तस्बिर जलाएका हुन्।

उक्त कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी थिए। 

ती युवाहरूले  तस्बिरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद  प्रचण्ड हत्यारा मुर्दावाद भन्दै नारा लगाएका थिए ।