राजनीति

पाँच जनाभन्दा बढी भेला हुन नपाइने भन्दै ललितपुर प्रशासनले लगायो निषेधाज्ञा (हेर्नुहोस् सूचना)

३ चैत, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले अतिविशिष्ट व्यक्तिहरूको निवास वरपर निषेधाज्ञा जारी गरेको छ। ललितपुरमा रहेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कार्यालय तथा अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य-मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा भोली चैत ४ गते बाट लागू हुने छ।  निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको सूचनामा उल्लेख छ। 

पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको ललितपुर प्रशासनले जनाएको छ । 

सूचनामा निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।