समाचार

 २५ करोड नेपाली रुपैयाँ सहित ट्रक चालक पक्राउ

५ चैत, काठमाडौँ ।  नेपाल प्रहरीको विशेष टोलीले काठमाडौँबाट २५ करोड रुपैयाँ बराबरको रकम बरामद  गरेको छ।  ठुलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको प्रहरीले जानकारी दिएको हो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।

यसबारे घटनाबारे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।