५ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्र फर्काउने राजतन्त्र फर्काउने मूर्खता गरे त्यसको ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन्। आज काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने नाटक मञ्चन नगर्न राजावादीहरूलाई आग्रह गरेका हुन्।
अध्यक्ष दाहालले फेरि अर्को मूर्खता नगरियोस् । नत्र त्यसले निकै ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ भन्दै राजावादीहरूलाई चेतावनी दिएका हुन्।
अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने अध्यक्ष दाहालको जिकिर थियो।
‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ, ‘राजतन्त्र पुनर्स्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ ।’अध्यक्ष दाहालले भने।