प्रदेश 2

जन्मोत्सवमा रेडक्रसलाई ‘भ्यान’ उपहार

५ चैत, महोत्तरी । यहाँको बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले आफ्नो जन्मदिनमा आज नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिएका छन् ।

क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गरे । उनले प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधा बापत्को रकमबाट भ्यान किनिएको स्पष्ट पारे ।

रेडक्रसलाई प्राप्त ‘भ्यान’ विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनमा प्रयोग गरिने रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले बताए ।