राजनीति

सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन : प्रवक्ता महत 

५ चैत, काठमाडौँ । नेपाली काँग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफलको नभएको बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिएका हुन्। 

प्रवक्ता महतले भने,‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन । त्यस्तो कुरा उठेको पनि छैन ।,’ 

उनले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र लगायतका विपक्षी दलहरू पनि संविधानको रक्षाका पक्षमा रहेको बताए। उनले प्रतिपक्ष दल लगायतका अन्य दलहरू सरकारमा आउनेबारे  कुनै छलफल नभएको जानकारी दिए।  

‘अहिले विपक्षमा रहेका माओवादी लगायतका दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा छन् । जुन गणतान्त्रिक व्यवस्था संविधानले व्यवस्था गरेको पक्षमा छन्,’ महतले भने।,’