५ चैत, काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि नेपालगंजमा लन्च गरेको छ। नेपालगंजस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा टियागो इभि २०२५ लन्च भएका छन् । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगंज उप-महानगरपालिका मेयर प्रशान्त बिस्टको प्रमुख आतिथिय रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, “आज टाटा इभिको नंया मोडलहरु नेपालगंजमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। कर्भ.इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपालको बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा हामी दुक्क छौ। नेक्सन के३ इभि अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ। टियागो इभि २०२५ मोडेल नंया लुक्स, नंया सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नेछन्।”
त्यस्तै रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे। उक्त कार्यक्रममा नयाँ ग्राहकहरुलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो ।