राजनीति

थापाथली क्याम्पसको सभापतिमा प्रल्हाद खड्का विजयी, नेविसंघले बचायो विरासत

५ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघको गण रहेको थापाथली क्याम्पसको सभापतिमा पुनः नेविसंघले नै बाजी मारेको छ ।
नेविसंघका उम्मेद्वार प्रल्हाद खड्काले थापाथली क्याम्पसको स्ववियू सभापतिमा विजय हाँसिल गरेका छन् ।
आज भएको मतदानमा स्ववियू सचिवमा अखिल क्रान्तिकारीका चेसिस उपाध्यायले विजय हाँसिल गरेका छन् । भने कोषाध्यक्षमा भने ऋषिकेश प्रजापतिले विजयी हाँसिल गरेको क्याम्पस प्रमुख खेम ज्ञवालीको पुष्टी गरे । निर्वाचनको मतगणनाको आधिकारीक पुष्टी हुँदै अन्तिम घोषणा हुन भने झैं बाँकी छ ।
आज पुल्चोक क्याम्पसको सभापतिमा स्वतन्त्रले विजय हाँसिल गरेको छ भने केन्द्रीय क्याम्पस, आर आर, शंकरदेव, कानून, त्रिचन्द्रलगायतका कलेजहरुमा विभिन्न बहानाका स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुन सकेन । उक्त क्याम्पसमा यसअघि पनि सभापतिमा नेविसंघका विजयी भएका थिए।