प्रदेश 1

घिमिरे र राई काँग्रेसको प्रदेश समितिमा चयन

५ चैत, काठमाडौं । धरानकी महिला उद्यमी मनिता घिमिरे र फुटबल खेलको प्रवर्धनमा निरन्तर जुट्दै आएका किशोर राई नेपाली काँग्रेस प्रदेश कमिटीको सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेस प्रदेश कार्यसमितिको निर्णय अनुसार दुवैजनालाई सदस्य पदमा मनोनयन गरिएको हो । घिमिरेले पार्टीप्रति देखाएको इमान्दारिता, पार्टीप्रतिको बफादारको कदर गर्दै प्रदेशका कार्यसमितिको सदस्यमा चयन गरिएको नेपाली काँग्रेस प्रदेश समितिका सभापति उद्धव थापाले जानकारी दिए । घिमिरे नेपाली काँग्रेस सुनसरीकी पुर्व जिल्ला सदस्यसमेत हुन् ।

पूर्व धरान नगर समितिका सभापति समेत रहेका किशोर राईलाई समेत उनले पार्टीप्रति खेलेको भूमिकाको मूल्यांकन गर्दै पार्टीको प्रदेश समितिको सदस्यमा मनोनित गरिएको छ ।