६ चैत, (चक्रघट्टी)सुनसरी । सप्तकोशी बहुमुखी क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसङ्घका विज्ञान सावाँ लिम्बूको प्यानलै विजयी भएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका चक्रघट्टीमा रहेको सप्तकोशी क्याम्पस नेपाली काँग्रेसको गण क्षेत्र सुनसरी ४ मा अवस्थीत छ । लिम्बूको विजयले काँग्रेसको साख जोगिएको देखिएको छ ।

४ सय ३९ मतदाता रहेको क्याम्पसमा ३ सय ९२ जना विद्यार्थीले मतदान गरेका थिए । जसमा सभापतिमा विज्ञान लिम्बूले २ सय ३५ मत प्राप्त गरेका छन् । उनी १ सय १७ मतको अन्तरले विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सचिवमा नेबिसंघकी इन्जु भट्टराई विजयी भएकी छिन् । उनले १ सय ८८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका पविन रानामगरले १ सय ४३ मत प्राप्त गरे ।
कोषाध्यक्षतर्फ नेबिसंघका डिकबहादुर चुवान खत्री विजयी भएका छन् । उनले १ सय ८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिके बस्नेतले १ सय ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा नेबिसंघका उम्मेदवार मनोज निरौलाले २ सय २४ मतसहित विजयी, मनीषा थापाले २ सय १३ मत ल्याउन सफल भईन्, भीम बहादुर भण्डारी २ सय १२ मत, अस्मिता श्रेष्ठले २ सय ७ मत र शाहीद चुरौटेले २ सय ३ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिले पुष्टी गरेको छ ।

समानुपातिकतर्फ नेपाल विद्यार्थी सङ्घले २ सय ४ मत प्राप्त गरेको छ । अनेरास्ववियुले १ सय १९ मत प्राप्त गरेको छ । त्यस्तै अनेरास्ववियु क्रान्तिकारी १० र समाजवादी विद्यार्थी युनियनले २२ मत प्राप्त गरेको समाचार छ । गत स्थानीय निर्बाचनमा बराहक्षेत्रको मेयर, प्रदेश सभा ‘क’ र ‘ख’ प्रतिनिधि सभा सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसलाई विजय गराउन सफल भएको उक्त स्थानमा यसअघि अखिलले विजय हाँशिल भएको भएपनि यसपटक भने सप्तकोशी क्याम्पसमा नेविसंघले प्यानलै विजय हुन सक्नु काँग्रेसका लागि सकारात्मक कदम भएको नेपाली काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।
सुनसरीमा इनरुवा क्याम्पसमा पनि नेविसंघले नै विजयी हाँसिल गरेको छ । इटहरी र धरानको मतगणनाको अन्तिम नतिजा भने आईनसकेको बताईएको छ ।
