प्रदेश 1

महेन्द्र क्याम्पस–पूर्वाञ्चल इन्जिनियरिङ धरान, सुनसरी क्याम्पस इनरुवालगायत सुनसरीका क्याम्पसहरूमा नेविसंघ विजयी

७ चैत,  काठमाडौँ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेविसंघका उम्मेदवार प्रशान राई विजयी भएका छन् । नेविसंघकै तर्फबाट उम्मेदवार बनेका राईले १२ सय ९१ मत ल्याएर विजयी भएका हुन् । 

निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थीका युवराज राईले ६०० मत ल्याउन सफल भएका छन् । 

कोषाध्यक्षमा नेविसंघबाटै उम्मेदवार बनेका आलोक लिम्बूले एक हजार ३०४ मत ल्याएर विजयी भएका छन् ।  सचिवमा भने अनेराश्ववियूका पवन बस्नेले एक हजार १९३ मत ल्याएर नेविसंघ–अनेराश्ववियू गठबन्धनबाट विजयी भएका छन् । 

यस संगसंगै महेन्द्र क्याम्पस धरानमा नेविसंघ–अनेराश्ववियू गठबन्धन प्यानलै विजयी भएको छ । 

सप्तकोसी क्याम्पस चक्रघट्टी, इनरुवा क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानलगायत सुनसरीका क्याम्पसहरूमा नेविसंघले सभापति लगायतमा विजयी हाँशिल गरिसकेको छ ।  

महेन्द्र क्याम्पस, पर्सवाञ्चल इन्जीनियरिङ धरान, सुनसरी क्याम्पस इनरुवामा नेविसंघ विजयी

७ चैत, काठमाडौँ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेविसंघका उम्मेद्वार प्रशान राई विजयी भएका छन् । नेविसंघकै तर्फबाट उम्मेद्वार बनेका राईले १२ सय ९१ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्दी समाजबादी विद्यार्थीका युवराज राईले ६०० मत ल्याउन सफल भएका छन् ।
कोषाध्यक्षमा नेविसंघबाटै उम्मेद्वा बनेका आलोक लिम्बूले एक हजार ३०४ मत ल्याएर विजयी भएका छन् । सचिवमा भने अनेराश्ववियूका पवन बस्नेले एक हजार १९३ मत ल्याएर नेविसंघ–अनेराश्ववियू गठबन्धनबाट विजयी भएका छन् ।
यससंगसंगै महेन्द्र क्याम्पस धरानमा नेविसंघ–अनेराश्ववियू गठबन्धन प्यानलै विजयी भएको छ ।
सप्तकोशी क्याम्पस चक्रघट्टी, इनरुवा कयाम्पस, पुर्वाञ्चल इन्जीनियरिङ क्याम्पस धरानलगायत ससुनसरीका क्याम्पसहरुमा नेविसंघले सभापति लगायतमा विजयी हाँशिल गरिसकेको छ ।
सुनसरी क्याम्पस इनरुवामा नेविसंघका सुनिल कुमार मण्डलको प्यानलै विजयी भएको छ भने पुर्बाञ्चल इन्जीनियरिङ क्याम्पस धरानको सभापितमा सागर बस्यालले ६६८ मतसहित सभापतिमा विजयी भएका छन् । प्रवेश न्यौपाने ५८० मतसहित सचिवमा विजयी भएक छन् भने कोषाध्यक्षमा ६७४ मतसहित नेविसंघबाट विजयी भएका छन् । पूर्वाञ्चल क्याम्पसमा नेविसंघ–अनेराश्ववियूको प्यानलै विजयी भएको अवस्था छ ।

सप्तकोशी क्याम्पसमा कोषाध्यक्षमा खत्री र सचिवमा भट्टराई सहित सभापतिमा नेविसंघका लिम्वूको प्यानलै विजयी