राजनीति

माओवादी सांसद बस्नेतले भनिन्: उर्जामन्त्री खड्कालाई तुरुन्तै बर्खास्त गर्नुपर्छ

७ चैत, काठमाडौँ । नेकपा माओवादीकी सांसद ज्ञानु बस्नेतले ऊर्जामन्त्री दीपक खड्कालाई बर्खास्त गर्न माग गरेकी छन्।
उनले भनेकी छन् “ऊर्जामन्त्री दीपक खड्काले हालै नेपालमा पुन : लोडसेडिङ हुने र विगतमा लोडसेडिङ नभएको पनि छिमेकी देशको कारणले हो भन्ने अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु।”

“कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि हुँदैन भनिरहेको स्थितिमा जनतालाई आतंकित पार्ने दलाल र विचौलियालाई पोस्ने,, नाफामा गईरहेको विद्युत प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा ऊर्जामन्त्री नै संलग्न देखिएकाले उर्जामन्त्रीलाई तुरुन्तै बर्खास्त गरियोस् भन्ने माग गर्दछु।” उनले भनेकी छन ।