८ चैत, काठमाडौँ । अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि स्थगित भएको रत्नराज्यलक्ष्मी (आरआर)क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत १६ गते हुने भएको छ।
सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको थियो।
क्याम्पस प्रशासन र १० विद्यार्थी सङ्गठनबिच आज बसेको सर्वदलीय बैठकले चैत १६ गते नयाँ निर्वाचन मिति तय गरेको नेपाल विद्यार्थी सङ्घका आर आर क्याम्पसका सभापतिका उम्मेदवार विनोदराज जोशीले जानकारी दिए।
१६ गते नै निर्वाचन गर्नेबारे सबै सङ्गठनबिच सहमतिको प्रयास भएको क्याम्पस प्रमुख पदम अधिकारीले बताए। उनले भने ‘धेरै ढिला नगरौँ छिट्टै निर्वाचन गरौँ भन्ने भयो,चैत १६ गते चुनाव हुने भन्ने छ सूचना टाँस गर्न वाकी छ।,’