आर्थिक

NIMB द्वारा “Visa Spend & Win Dashain Campaign” का भाग्यशाली विजेताहरूको घोषणा

८ चैत, काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ” Visa Spend & Win Dashain Campaign” अन्तर्गतका भाग्यशाली विजेताहरू घोषणा गरेको छ। यो विशेष कार्यक्रम चाडपर्वको अवसरमा सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ सम्म Visa कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो।

उक्त अभियान अन्तर्गत नेपालभरका २५ विजेताहरू मध्ये ६ जना NIMB का ग्राहकहरू विजयी भएका छन्, जसले यस बैंकलाई राष्ट्रव्यापी प्रवर्द्धनात्मक अभियानमा एक प्रमुख स्थान दिलाएको छ। कुल विजेताहरूको २४% NIMB का ग्राहकहरू रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवर्द्धनमा बैंकको योगदानलाई स्पष्ट पार्दछ।

NIMB का भाग्यशाली विजेताहरू मनोज मोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टिका राम शर्मा, सरोज प्रसाद प्रधान र मीना कार्की छन् ।

चाडपर्वको अवसरमा Visa ले नेपालमा ख्ष्कब डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरूको प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको कार्यक्रम हो। यस अभियानअन्तर्गत विजेताहरूलाई दुई जनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउण्ड ट्रिप हवाई टिकट प्रदान गरिनेछ।

NIMB डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रयासका साथै आफ्ना सम्मानित ग्राहकहरूको दैनिक कारोबारका लागि पुरस्कृत गर्न प्रतिबद्ध छौं। बैंक सुरक्षित, सहज तथा लाभदायक बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धतामा दृढ रहन्छ।