राजनीति

भारत वर्तमान सरकार परिवर्तन गर्ने पक्षमा छैन : परराष्ट्रमन्त्री राणा

८ चैत, काठमाडौँ । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत वर्तमान सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताएको छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको गठबन्धन सरकार बदल्ने पक्षमा भारत नरहेको बताएकी हुन्। 

 भारतीय पक्षको समर्थन नेपालको लोकतान्त्रिक गतिविधिलाई नै रहने आफूले पाएको जानकारी दिइन। 

‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौँ । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ ।’ राणाले भनिन्। 

उनले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको तर प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने आफूले भेटका लागि प्रस्ताव नै नगरेको  दाबी गरिन्। मोदीसँग भेट नमागिएको र भेट पनि नभएको मन्त्री राणाको भनाइ थियो।