खेलकुद

चर्चित फ्रेन्चाइज आईपीएल क्रिकेट आजबाट सुरु

९ चैत, काठमाडौँ ।  चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल)को १८औं संस्करण आजदेखि सुरु हुँदै छ । विश्वकै सबैभन्दा चर्चित इन्डियन प्रिमियर लिग क्रिकेट कोलकातास्थित इडेन गार्डेन्सबाट सुरु हुन लागेको हो। 

उद्घाटन खेलमा साबिक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने छ। खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ ।

सन् २००८ देखि सुरु भएको आईपीएलको उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय छ । अभिनेत्री दिशा पटनी, गायिका श्रेया घोसालगायतको प्रस्तुति रहनेछ ।

गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो उपाधि जितेको कोलकाताले पहिलो खेलदेखि नै विजयी सुरुवात गर्दै उपाधि रक्षा गर्ने अभियानमा हुनेछ ।

त्यस्तै हालसम्म उपाधि जित्न नसकेको बेंगलुरु यस पटक नयाँ कप्तानको साथमा पहिलो उपाधि जित्ने लक्ष्यमा रहनेछ ।