९ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का प्रति खरो टिप्पणी गरेका छन्। उनले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको आरोप लगाएका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले शनिवार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।
अध्यक्ष दाहालले भने,‘स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो, अहिले त मन्त्रीका अनुहारहरू हेर्नुभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’
अहिलेको सरकारले राम्रो काम गर्नेलाई चिथोर्ने गरेको अध्यक्ष दाहालको आरोप छ। उनले भने,‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ।,’