स्वास्थ्य

रोगबाट बच्न स्वस्थ्य जीवनशैली र अपनाउन जरुरी छ : पूर्वराष्ट्रपति डा यादव

९ चैत, काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएका छन्।

उनले रोगबाट बच्न स्वस्थ्य जीवनशैली र अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “रोग रोकथाममा अझै पनि सोचेजति काम गर्न सकेका छैनौँ । स्वस्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ्य जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।”

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भने, “गलत खाना नै रोगको कारक हो । स्वस्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।”

त्यस अवसरमा ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्कर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो ।