१० चैत, काठमाडौँ । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्ववियु चुनावमा अत्यन्तै न्यून मत खसेको छ। ७ हजार ४ सय ४ मतदाता रहेको उक्त क्याम्पसमा आज भएको निर्वाचनमा २ हजार ८९७ मत खसेको हो ।
२ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको छ।
क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहे पनि अन्य मतदाता विद्यार्थीहरूले कार्ड नलगेका कारण मतदाताको सङ्ख्या कम भएको हो ।
विद्यार्थी प्रतिनिधिसँग बैठक बसेर मत गणनाको कार्य प्रारम्भ गर्ने तयारी भइरहेको बुझिएको छ।