राजनीति

दलितको घरमा डोजर चलाउने पालिका अध्यक्ष सहित दुई जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश 

१० चैत, सिराहा। सिराहामा  दलित परिवारको घरमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ। 

सिराहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो। 

औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दीपक मरिक डोमको घर मा डोजर लगायका थिए। उक्त घटनामा आरोप लागेका पालीका अध्यक्ष र पूर्व वडाध्यक्षलाई अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको थियो। 

उक्त दलित परिवार रहेको घर एरियाको माटो समेत ताछेर फालेको स्थानीयको आरोप छ। उनीहरूलाई अस्ति शुक्रवार साँझ सिराहा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू विरुद्ध पीडित पक्षले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए ।