११ चैत, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले कुलमान घिसिगंलाई हटाउनु सरकारको बिनासकाले बिपरीत बुद्धीको संज्ञा दिएका छन् ।
महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मालगायत अधिकाँस नेपाली काँग्रेसका नेता कार्यकर्तालेसमेत बिरोध गरिरहेका बेला हिजो बेलुकीको मन्त्रीपरिसद बैठकद्वारा हटाईएका घिसिंगको बचाउमा आज एकाबिहानै काँग्रेस बरिष्ठ नेता लागेका छन् । उनको कुलमानलाई हटाउने सरकारको निर्णय कााग्रेसले कुनैहालतमा लिनु हुँदैन भन्ने भनाई छ । यानिकी काँग्रेसकै तर्फबाट मन्त्री बनेका उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमान घिसिंग पदमुक्त बनेका हुन् ।
उनले ट्वीट गर्दै उक्त कुरा बताएका छन् ।
उनको भनाईः
सरकारको कुशासनको निरन्तरताको अर्को कडीः
कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने रु विनाशकाले विपरित वुद्धि ।

बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्री परिषद बैठकको निर्णय
कुलमान हटेपछि प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्य नियुक्त