१३ चैत, काठमाडौँ । गणतन्त्र र संविधानको पक्षमा रहेका विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
बैठकमा सरकारका पछिल्ला कामकारबाही र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा पनि छलफल हुने छ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र सन्तोष परियार सहभागी छन् ।
यस्तै नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महिन्द्रराय यादव लगायतका नेताहरू सहभागी भएका छन्।