१३ चैत, काठमाडौँ । गणतन्त्र पक्षधर प्रतिपक्षी दलहरूले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसद्मा डटेर विरोध गर्ने निर्णय गरेका छन् ।
आज सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर सङ्ख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने तयारी रहेको बताए ।
सरकारले चैत ११ गतेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाउने गरेको थियो । उक्त निर्णयको सडकमा पनि विरोध भइरहेको छ।
आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।