उर्जा

सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कुलमान 

१३ चैत, काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। उनले आज वारेसमार्फत रिट पेस गरेका हुन्। 

आज बुधवार ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालत श्रोतले जनाएको छ। कार्यालय समय सकिने बेलामा रिट आएकाले भोली बिहीबार मात्रै थप प्रक्रिया अघि बढ्ने बताइएको छ। 

कुलमानले अधिवक्ता लोकमणि पोखरेलको वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेका हुन्।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।