१४ चैत, काठमाडौं । कौण्डिन्य गोत्री महासमाजका संस्थापक अध्यक्ष अर्जुन प्रसाद बञ्जाराका पीता तुलसी पंसादको निधन भएको छ ।
पनौती नगरपालीका वडा नम्वर ४ ठाडोढुंगामा, काभ्रेमा १९९० साल भदौ १ गते जन्मनुभएका यस कौण्डिन्य गोत्रिय महासमाजका संस्थापक अध्यक्ष अर्जुन प्रसाद बन्जराका पुजनीय पीताको आज विहान ४.५० बजे ९२ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
दुःख व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तीको कामना सहित बंजारारबंजाडे तथा कौण्डिन्य गोत्रीय समस्त परिवारमा भगवान पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन् भन्दै कौडिन्य गोत्रीय महासमाजले श्रद्दान्जली ब्यक्त गरेको छ ।
मृतकका धर्मपत्नी तीन छोरा र एक छोरी हुनुहुन्छ, पारिवारिक स्रोतका अनुसार पार्थिव शरिर आजै विहान ९ बजे स्थानीय त्रिवेणी घाटमा दाहसंस्कार गरिने बताइएको छ ।