१४ चैत, काठमाडौँ । प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताहरू एकै मञ्चमा देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल एकै मञ्चमा देखिएका हुन्।
आज काठमाडौँमा आयोजित ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको कार्यक्रमको संयुक्त रूपमा कार्यक्रमलाई उद्घाटन गर्न एकै मञ्चमा देखिएका हुन्।
सम्मेलन प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
सम्मेलन एभरेस्ट होटेलमा बानेश्वरमा चलिरहेको छ।