राजनीति

पूर्वराजा ज्ञानेन्द्रले अधिराजकुमार हुँदा नै राष्ट्र र जनता प्रति गम्भीर आपराधिक काम गरे : महासचिव पोखरेल

१४ चैत, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको आरोप लगाएका छन्। 

 एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्ञानेन्द्रले अधिराजकुमार हुँदा नै राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको बताएका हुन। 

पूर्वराजा ज्ञानेन्द्रको बारेका लेखेका कयौ कुरा पूर्वपञ्चहरूले नै त्यस बेला सार्वजनिक गरेको तथ्यमा पढ्न पाइने दाबी उनले गरेका छन्। 

हेर्नुहोस् महासचिव पोखरेलको स्टाटस: 

‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो’, महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन्।’