राजनीति

भोली भृकुटीमण्डपमा एउटा सभा हुन्छ अर्को कोटेश्वरमा, हुने त्यति हो : प्रधानमन्त्री ओली 

१४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा १० / १५ हजारको जुलुस सधैँ निस्किने गरेको बताएका छन्। भोली शुक्रवार काठमाडौँमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै उनले तिललाई पहाड बनाउने काम नगर्न आग्रह गरेका हुन्।

आज आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,’ ‘१० /१५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन, एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’

भोलि समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौँमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै छन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौँमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रधानमन्त्री ओलीले यस्ता सभा सधैँ हुने गरेको भन्दै  यस्ता कार्यको बेवास्ता गर्न आग्रह गरेका छन् ।