१४ चैत, काठमाडौँ । प्रतिपक्षमा रहेको संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोलि काठमाडौँमा हुने गणतन्त्रवादी र राजावादीको दुवै प्रदर्शनमा सहभागिता नहुने भएको छ।
रास्वपाले केही दिन अघि वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने जनाएको थियो तर भोलिका दुवै प्रदर्शनमा आफ्नो पार्टी सरिक नहुने बताएको हो।
यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने बताएको थियो ।
केही सांसदहरू कुलमानको समर्थनमा सडकमा निस्किएका थिए तर भोलीको प्रदर्शनमा भने सहभागी नहुने स्पष्ट पारेको हो।