काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा खेलिने परम्परागत खेलकुदलाई केन्द्रमा राखी तयार पारिएको उक्त क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले सार्वजनिक गरेका हुन् ।
विशेष अनावरण समारोहमा बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नेपालमा पुस्तौँदेखि खेलिंदै आएका गोरु जुधाइ, डण्डी बियो, भलिबल, कबड्डी जस्ता खेलहरूले मौलिक पहिचान बोकेको बताउँदै बैंकले यसलाई प्रवर्द्धन गर्ने प्रयास स्वरूप क्यालेन्डरमा समावेश गरेको हो । एभरेष्ट बैंकले आगामी दिनहरूमा पनि यस्तै मौलिक तथा सांस्कृतिक महत्वका परियोजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।