राजनीति

राजाबादी बन्दैछन् झन बलिया !

१५ चैत, काठमाडौँ । सरकार २०७९ सालमा जनताले दिएको मतको आधारमा सर्बभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारका अधिकाँस मन्त्रीहरु, उच्च नेतृत्वतह गणतन्त्रको विकल्पको नाम नै सुन्न नचाहने अवस्थामात्र होईन उनीहरु राजाको पक्षमा भएका पछिल्ला गतिबिधिहरुलाई अवमुल्यन गरिरहेका देखिन्छन् ।
गणतान्त्रीक संबिधानमा टेकेर राजतन्त्र वा अन्य कुनै प्रणालीलाई आत्मासाथ गरेर हिँड्ने कुरा गर्नु भन्ने कुरा त गलत होला तर राजाका पक्षमा आएपछि भीडको भने सही मूल्याँकन गर्न उनीहरु चुकेका छन् ।
आज एकातिर नेकपा माओबादी केन्द्रलगायतका गणतन्त्रबादीहरुको गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा एक प्रकारको भीड रहेको छ भने अर्कोतर्फ दुर्गा प्रसाईँ नेतृत्वमा तिनकुनेमा राजाबादीहरुको प्रदर्शन रहेको छ । आजका एकैदिन रहेका दुई प्रदर्शनमध्ये गाणतन्त्रबादीहरुको भृकुटीमण्डपको प्रदर्शनमा सरकारको समर्थन रहने स्पष्ट देखिन्छ यानिकी माओबादी केन्द्रलगायत समाजबादी मोर्चा सरकारमा छैनन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्टाटस् लेखेरै उनीहरुलाई समर्थन गर्नुबाट उक्त कुरा पुष्टीसमेत हुन्छ । सामानय अवस्थामा भए शंकर पोख्रेललाई एमालेले स्पष्टीकरण सोधिसकेको हुन्थ्यो तर एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि शक्तीशाली हुँदै गएका पोख्रेलले अध्यक्ष ओली र एमालेका महत्वपूर्ण नेताको सहमतीमा उक्त निर्णय गरेका हुन सक्छन् । अर्कोतिर सामान्य मीन बहादुर गुरुगंले दिएको पार्टी कार्यालय बनाउने जग्गा विवादमा दिएको अभिब्यक्तीका कारण एमालेबाट भीम रावलले पार्टी नै छाड्नुपरेको अवस्था जिवित नै छ । यस्तो अवस्थामा आजका आनदोलनहरुको कस्तो रुप लिन्छन् आज बेलुकी मूल्याँकन होला नै तर यो कुरा यथाथृ हो कि राजाबादीको आनदोलनलाई नजरअन्दाज गर्दै केही पनि होईन भन्ने छुट भने कसैलाई पनि छैन । जहाँ जनताको सहभागीता छ त्यो शक्ती हो त्यसलाई सरकार वा कसैले पनि समयमै मूल्याँकन गर्नुपर्ने हुन्छ ।
महासचिव पोख्रेलको गणतन्त्रबादीलाई समर्थनबाट सहमतीको सरकारको बाटोमा गणतन्त्रबादीहरु जाने सम्भावना पनि देखिन्छ भने यसबाट राजतन्त्रबादी र गणतन्त्रबादीको बिचमा दह्रो द्वन्द्वको विजारोपणको रुपमा पनि आजको दुई शक्तीको आनदोलनलाई लिन सकिन्छ । राजाबादीको यही तरिकाले राजसंस्था फर्किईहाल्छ भनिन नसकिएपनि यस आन्दोलनबाट राजस.स्था फर्किने बिजारोपण भने दह्रो रुपमा भएको सर्बसाधारणहरु मान्दछन् ।
सरकारले कुलमान घिसिंग जस्त जनताको मन जितेका कर्मचारीलाई निलम्बन गर्ने जस्त जनविरोधी कायृ गरेका कारण जनता सरकार र अहिलेको व्यवस्थाबाटै रुष्ट भएका बेलाको राजाबादी आन्दोलन अझ बलियो बनाउन जनताको साथ हुन पनि सक्छ । जनताले जे गर्छन त्यो सरकार, पार्टी वा राजाले नमानि सुखे छैन ।नेपाली काँग्रेसले गणतन्त्रबादीहरुको मोर्चा मनाउन असहमती जनाउनुबाट नेपाली काँग्रेस राजसंस्थाप्रति नरम भएको हो भनने संकेतको रुपमा पनि लिन सकिने राजनीति बिश्लेशण हुन थालेको भने भने आवश्यक्ता नभएकोले काँग्रेसले उक्त कार्यको पछि नलागेको भन्ने पनि बिश्लेशण हुने गरेको छ ।