सामाजिक सञ्जाल

साइबर ब्युरोद्वारा सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह

१५ चैत, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत हिंसात्मक तथा अशान्ति फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

समाजमा अस्थिरता सिर्जना गर्ने पोस्ट, अभिव्यक्ति तथा सामग्रीहरू नबनाउन र नगर्न आग्रह गर्दै ब्युरोले यस्ता कार्यहरू कानुनी कारबाहीको विषय बन्न सक्ने चेतावनी दिएको छ।

साइबर ब्युरोले सबै नागरिकलाई सामाजिक जिम्मेवारी बोध गरी मर्यादित रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न अनुरोध गरेको छ।