सामाजिक सञ्जाल

प्रर्दशनकारीहरुलाई दुर्गा प्रसाईंको अपिल- निजी सम्पत्तिमा आक्रमण नगर्नु !

१५ चैत, काठमाडौँ । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले तीनकुनेमा भएको प्रदर्शनमा निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन्।

प्रर्दशनकारीहरुले घरहरूमा ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो अपील गरेका हुन्।
” प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दुस्ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु” उनले भनेका छन् ।

साथै, उनले सबैलाई निजी सम्पत्तिमा आक्रमण नगर्न कडा अपील पनि गरेका छन्।

उनले लेखेका छन् :