राजनीति

शाही, मिश्र र प्रसाईँका अराजक झुण्डलाई कार्बाही गरौं र जहाँ भेट्यो त्यही ठीक पारौंः महेश बस्नेत

१५ चैत काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आह्वान गर्दै भनेका छन्, ‘ज्ञानेन्द्र शाही रबिन्द्र मिश्र दुर्गे र यसका अराजक झुण्डलाई कार्बाही गरौं र जहाँ भेट्यो त्यही ठीक पारौं ।’
उनले सामाजिक सञ्जालमा लेख्दै समाजवादी पार्टी कार्यालय, २ वटा व्यक्तिका घरमा आगजनि गर्ने र कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडियामा ढुंगा प्रहार गर्ने, गणतन्त्र बिरुद्ध अराजक गतिबिधि गर्ने उनीहरु र उनीहरुका नेता कार्यकर्तालाई ठीक लगाउनुपर्ने विचार व्यक्त गरेका ह्ुन् ।

उनको भनाईः समाजवादी पार्टी कार्यालय, २ वटा व्यक्तिका घरमा आगजनि गर्ने र कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडियामा ढुंगा प्रहार गर्ने, गणतन्त्र बिरुद्ध अराजक गतिबिधि गर्ने ज्ञानेन्द्र शाही रबिन्द्र मिश्र दुर्गे र यसका अराजक झुण्डलाई कार्बाही गरौं र जहाँ भेट्यो त्यही ठीक पारौं ।